१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत अर्घाखाँचीले मालारानी गाउँपालिका—४ खन बडाचौरका ७० वर्षीय नामदेव खनाललाई १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधिश शिवलाल पाण्डेयको ०८२ मङ्सिर २२ गतेको इजलाशले आरोपितलाई कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना पीडितलाई क्षतिपूर्ति भराउने र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नेे फैसला भएको जिल्ला अदालतका नायब सुब्बा राम प्रसाद आचार्यले जानकारी दिनु भयो ।
पीडित बालिकालाई आरोपितले ०८० चैतको महिनाको पहिला हप्ता बलात्कार गरेर ०८१ असाेज ५ गते जबरजस्ती गर्भपतन गराएको भन्दै पीडित पक्षले ०८१ असोज ६ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका आरोपितलाई ०८१ असोज ९ गते प्रहरीले कृष्णनगर नाका बोर्डरबाट गिरÏतार गरेर गरी कात्तिक ४ गते बलात्कार अभियोगमा जिल्ला अदालत पेस गरेको थियो । जिल्ला अदालतले कात्ति ४ गते आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ असोज ६ गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा भएको थियो ।