INSEC Online

📅 २०८३ जेष्ठ २१

डाक्टर केसीको जीवन रक्षा गर्न आयोगको आग्रह

चिकित्सा शिक्षामा सुधारको माग गर्दै नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको माग राखी १४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले अनसनरत डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरिरहेको छ । आयोगको टोलीले महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको छ ।

‘चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सम्बन्धित पक्षलाई  आयोग आग्रह गर्दछ ।’–विज्ञप्तिमा भनिएको छ ।

‘डा. केसीसँग नेपाल सरकारले विगतमा पटकपटक गरेका सम्झौताहरुमा गम्भीर हुँदै उनको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । साथै, आपसी विमतिका विषयहरु सम्बन्धमा वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ ।’–विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो