एसिड खुवाएर ६ महिनाको बालकको हत्या गरेको आरोप लागेकी तुर्माखाँद गाउँपालिका–४ चिसीकी २५ वर्षीया जानकी वयकलाई जिल्ला अदालतले पुस ३० गते १५ वर्षको कैद फैसला सुनाएको छ ।
न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बालकको हत्या मनसायपुर्ण भएको भन्दै उक्त फैसला सुनाएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जयप्रसाद धितालले जानकारी दिए ।
घरमा सुतिरहेका ६ महिनाका बलाक मुस्कान वयकलाई कान्छी आमा जानकीले गत असोज २ गते एसिड खुवाएको आरोपमा उजुरीपछि प्रहरीले असोज ३ गते गिरफ्तार गरेको थियो ।
एसिड खुवाएपछि गम्भीर घाइते बालकको उपचार जिल्लामा हुन नसकेपछि नेपालगञ्ज लैजाँदै गर्दा बर्दिया राष्ट्रिय निकुञ्ज नजिक मृत्यु भएको थियो । शवको पोष्टमार्टम जिल्ला अस्पताल, अछाममा असोज ३ गते गरिएको थियो ।