INSEC Online

📅 २०८३ जेष्ठ २१

१० दिनभित्र नगरका छाउगोठ हटाउन वडालाई परिपत्र

बुढीनन्दा नगरपालिका भित्रका छाउगोठ १० दिन भित्र हटाउन नगरपालिकाले १० ओटै वडालाई परिपत्र गरेको छ ।

नगरपालिकाकै वडा नं. ९ अँगाउपानीमा पुस २४ गते छाउगोठभित्र आगलागी हुँदा ३५ वर्षिया अम्वा बोहोरा सहित दुई छोराको निसास्सिएर मृत्यु भएपछि नगरपालिकाले सोमबार नगरकार्यपालिकाको  बैठक बोलाएर नगरभित्रका छाउगोठ हटाउने निर्णय गरेको हो ।

नगरपालिकाले १०ओटै वडाभित्र रहेका छाउगोठहरु १० दिन भित्र हटाउन सबै वडाका स्थानीयलाई निर्देशन गर्ने र भत्काउन नमान्नेको तथ्याङ्क सङ्कलन गरी भत्काउने नगरपालिकाकी उपप्रमुख श्रृष्टि रेग्मीले जानकारी दिइन् ।

नगरभित्रका धामी, झाँक्री र स्थानीयलाई जनचेतनामुलक कार्यक्रम गरी सचेत गराउने र भत्काउन नमान्नेलाई नगरपालिकाले उपलव्ध गराउँदै आएका सबै सेवा सुविधासमेत रोक्ने निर्णय गरेको उपप्रमुख रेग्मीले बताएकी छन् ।

समाजमा व्याप्त रहेको सामाजिक कु–संस्कारका रूपमा परिचिति छाउपडी प्रथालाई अन्त्य गर्नका लागि पुस ३० गते बसेको नगर कार्यपालिकाको बैठकले नगरका १० ओटै वडालाई १० दिन भित्र छाउपडी गोठ हटाएर छाउ भएका महिलालाई सुरक्षित कोठामा बसाउन नगरपालिकाले स्थानीयलाई आग्रह गरेको हो ।

अन्य

भिडियो