INSEC Online

📅 २०८३ जेष्ठ २१

राजविराज कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनको क्रममा ०८२ भदौ २५ गते जिल्ला कारागार राजविराजबाट फरार कैदी बोदे बर्साइन नगरपालिका–१ महनौरीका ४५ वर्षीय कामेश्वर मण्डललाई मङ्सिर ६ गते आफ्नै घरमा लुकेर बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरी टोलीले घर घेरा हालेर मण्डललाई गिरफ्तार गरेको बोदे बर्साइन प्रहरी चौकीका बरिष्ठ नायव निरीक्षक नविनकुमार झाले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार मण्डललाई ०८० पुस २९ गते बलात्कार अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत सप्तरीले ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिबानाको सजाय फैसला गरेको थियो । सो अनुसार उनले १९ महिना मात्र कैद भुक्तान गरेका थिए ।

नविन यादव

अन्य

भिडियो