१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–१ का १७ वर्षीय दुई बालकलाई ७ वर्ष ४ महिना कैदको सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको कात्तिक २७ गतेको इजलासले आरोपितहरूलाई कसुर ठहर गर्दै जनही ७ वर्ष ४ महिना कैद सजाय, ३ लाख ३३ हजार ३ सय ३३ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति बापत (पीडितको मृत्युभएकोले) पीडितको अभिभावकलाई भराइदिने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितहरूले पीडितलाई २०८१ असार ३० गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले असार साउन १ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार ३० गते भिम अस्पताल भैरहवामा गरिएको थियो । प्रहरीले आरोपितलाई साउन १ गते घरबाटै गिरफ्तार गरेको थियो ।