INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको आरोपमा डेढ वर्ष कैदको फैसला

१६ वर्षीया एक बालिकालाई गत भदौ २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत बैतडीले पुस २६ गते दशरथचन्द नगरपालिका– ५ गोठलापानीका २६ वर्षीय नन्दराज जोशीलाई १ वर्ष ६ महिना कैद र १५ हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ ।

जोशीविरूद्ध बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरी दिएकै दिन गिरफ्तार गरिएका जोशीले बलात्कार प्रयास गरेको ठहर नभएपनि बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले उक्त फैसला सुनाएको हो । तीजको दर खाने दिन फोनमार्फत बोलाएर यौन दुर्व्यवहार गरेको अदालतको ठहर छ ।

अन्य

भिडियो