INSEC Online

📅 २०८३ जेष्ठ २२

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८२ कात्तिक २८ गते वीरेन्द्रनगर नगरपालिका-९ की ३६ वर्षीया  सैदुन बानुलाई आठ हजार रुपियाँ सहयोग गरेको छ । मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेशका संयाेजक पिताम्बर ढकालले उक्त सहयाेग रकम पीडितलाई हस्तान्तरण गर्नुभएको हाे ।

उहाँका पति  ४२ वर्षीय माेहम्मद हकिमले बहुविवाह गरी कुटपिट गरेर घर निकाला गरेपछि कानुनी प्रक्रियाका लागि जिल्ला अदालतमा मुद्दा दर्ताका गर्न सहयोग पाउँ भन्दै ०८२ कात्तिक १५ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो । कात्तिक २० गते बसेको मानव अधिकार सहायता कक्षको बैठकले उक्त रकम सहयाेग गर्ने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

 

कर्णाली प्रदेश कार्यालय 

अन्य

भिडियो