दाङ जिल्ला अदालत र इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१५ का २८ वर्षीय विकास भुसाल, घोराही उमनपा–१० का १९ वर्षीय अनिल बिक र ३४ वर्षीय रमेश चौधरीलाई गिरफ्तार गरेको छ ।
आन्दोलनका क्रममा ०८२ भदौ २४ गते उनीहरुले घोराहीस्थित जिल्ला अदालत र नारायणपुरमा रहेको इलाका प्रहरी कार्यालयमा तोडफोड, आगजनी र त्यहाँ भएका सामान लुटपाट गरेकोले उनीहरुलाई कात्तिक २८ गते घोराही र नारायणपुरबाट गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । तीनै जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यसअघि दाङ प्रहरीले थप २० जनालाई सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा गिरफ्तार गरी अनुसन्धान गरिरहेको डिएसपी शाहले जानकारी दिनुभयो ।