INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्षको गोली हानी हत्या

मिथिला बिहारी नगरपालिका–९ अल्दुपट्टीका वडाध्यक्ष ४५ वर्षीय विन्देश्वर यादवको ०८२ कात्तिक २८ गते साँझ गोली प्रहार गरी हत्या गरिएको छ । सोही टोलका दुखी यादवको मृत्युपछि आयोजिक भोजको क्रममा खाना ढिलो भएको विषयमा दुई पक्षबिच विवाद हुँदा प्रहरी हवल्दार ३८ वर्षीय शम्भु यादवले वडाध्यक्षमाथि गोली प्रहार गरी घाइते भएका थिए । घाइते वडाध्यक्षलाई उपचारको लागि प्रादेशिक अस्पताल जकपुरमा लगिएकोमा चिकित्सकले उनको बाटोमै मृत्यु भएको बताएका थिए ।

वडाध्यक्षमाथि गोली प्रहार गर्ने शम्भु यादव र खुकुरी प्रहार गर्ने ४० वर्षीय धर्मनाथ यादवलाई कात्तिक २८ गते गिरफ्‌तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
०८२ कार्तिक २८ गते साँझ मिथिला बिहारी नगरपालिका–९ अल्दुपट्टीका वडाध्यक्ष ४५ वर्षीय विन्देश्वर यादवमाथि गोली प्रहार गर्ने प्रहरी हवल्दार ३८ वर्षीय शम्भु यादव र ४० वर्षीय धर्मनाथ यादवलाई सोहि दिन गिरफ्‌तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोही घटनामा २० वर्षीय अविनाश यादव, ४२ वर्षीय दिपेन्द्र यादव र ५० वर्षीय रामवरण यादव घाइते भएको वडाध्यक्षका दाई ६० वर्षीय राजकिशोर यादवले बताउनु भयो ।

घटनामा गम्भीर घाइते भएका रामवरण यादवलाई थप उपचारका लागी काठमाडौँ पठाइएको छ भने बाँकि घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइ रहेको प्रहरीले बताएका छ । आरोपितहरुविरुद्ध कात्तिक २९ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको छ ।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

मधेस प्रदेश कार्यालय

अन्य

भिडियो