INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार  घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका–५ का १७ वर्षीय बालकलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ कात्तिक २५ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्ध कात्तिक २६ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २६ गते गरिएको छ ।

सुरेश खत्री

अन्य

भिडियो