INSEC Online

📅 २०८३ जेष्ठ २१

विभिन्न कारागारबाट फरार भएका चार कैदीबन्दी गिरफ्तार

आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका चार कैदीबन्दीहरुलाई ०८२ कात्तिक २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएहरूका नख्खु कारागारबाट भागेका बलात्कार मुद्दामा सजाय भोगिरहेका पाँचपोखरी थाम्पाल गाउँपालिका— ७ स्थायी घरभएका गहतराज भन्ने धने सुनुवार, हत्या मुद्दाका चौतारा साँगाचोकगढी नपा- १ का मेखबहादुर तामाङ, भिमफेदी कारागारबाट भागेका हत्या घटनामा संलग्न भएका चौतारा साँगाचोकगढी नपा- ७ का गणेश तामाङ र केन्द्रीय कारागारबाट भागेका सवारी अंगभंग मुद्दाका चौतारा साँगाचोकगढी नपा- ५ का चोकबहादुर श्रेष्ठ रहेका छन् । उनीहरुलाई ०८२ कात्तिक २३ गते जिल्ला कारागार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनु भयो ।

नातिबावु धिताल

अन्य

भिडियो