१७ वर्षीया बालिकालाई ०८२ भदौ १० गते बलात्कार गरेको आरोपमा २२ वर्षीय पुरुषविरुद्ध पीडित पक्षले कात्तिक २३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको छ ।
आरोपित घटनामा पश्चात फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २३ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ । पीडित र आरोपित बीच दाजु बहिनिको नाता सम्बन्ध रहेको छ ।