INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट तथा तोडफोड घटनाका आरोपित गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय विर्तामोडमा कार्यरत प्रहरी, प्रहरी कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-६ का २२ वर्षीय पदम राई र उनकी २४ वर्षीया पत्नी पुजा मगरलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, विर्तामोडका प्रहरीलाई कुटपिट गर्नुका साथै कार्यालयमा ढुङ्गामुढा गरेको घटनामा संलग्न रहेका दुवै जनालाई विर्तामोड नगरपालिका -५ त्रिवेणीचोक बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो