६३ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पनौती नगरपालिका–१ खानीगाउँका ३५ वर्षीय ज्ञानबहादुर तामाङलाई २०८२ कात्तिक २२ गते गिरफ्तार गरेकाे छ ।
आरोपितले कात्तिक ४ गते बलात्कार गरेकाे भन्दै पीडितले कार्तिक ९ गते इलाका प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परिक्षण कात्तिक ९ गते धुलिखेल अस्पतालमा गरिएको छ ।