चितवन जिल्ला अदालतमा ०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भएको तोडफोड तथा आगजनीबाट ४ करोड रुपियाँ बढीको क्षति भएको छ ।
तोडफोड तथा आगजनीबाट भौतिक संरचना पूर्ण क्षति भएको छ । अदालतमा नियमित कार्यसम्पादन गर्न कर्मचारीलाई टेवल कुर्सीको अभाव रहेको र फाइल राख्ने र्याक समेत नरहेको अदालतका सूचना अधिकारी अमृत विकले बताउनुभयो ।
अदालतको मूल भवन सहित सात भवनमा क्षति भएकोमा दुईवटा भवन पूर्ण रूपमा क्षति भएको थियो भने भवन भित्रका चार इजलास, पाँच ओटा न्यायाधीश च्याम्बर, एउटा सुरक्षाकर्मी भवन पूर्ण रूपमा क्षति भएको थियो ।