INSEC Online

📅 २०८३ जेष्ठ २१

नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा प्रदर्शन तथा धर्ना

नेपाल सरकारको ऐन अनुसार तलव स्केल लागु गर्न माग राख्दै नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ०८२ कात्तिक १९ गते बिहान जिल्ला प्रशासन कार्यालय धनुषा आगाडि प्रदर्शन गर्दै धर्ना दिएका छन् ।

सरकारी स्केल अनुसार तलब, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था, हप्तामा ४२ घण्टा काम र स्वास्थ्यकर्मीको परिवारले निःशुल्क उपचार पाउनुपर्ने लगायतको माग राखी शान्तिपूर्ण प्रदर्शन गरिरहेको स्वास्थ्यकर्मी संघर्ष समितिका सदस्य नवेस अधिकारीले बताउनु भयो ।

यसैगरी जनकपुरधामको पिडारी चोकमा स्वास्थ्यकर्मीहरुले कात्तिक १८ गते गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गर्दा स्वास्थ्यकर्मी रिमा मण्डल, रोशनी चौधरी, मधु कापर, अम्बिका यादव र संस्कार यादव घाइते भएको स्वास्थ्यकर्मी संघर्ष समितिका सदस्य अधिकारीले बताउनु भयो ।

स्वास्थ्यकर्मीहरुले कात्तिक १८ गते जनकपुर–ढल्केवर सडकखण्डस्थित पिडारी चोकमा बिहान ११ बजेदेखि चक्काजाम गरेपछि सडक सूचारु गर्न बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । सोही क्रममा प्रहरीले स्वास्थ्यकर्मी ओम कापर, पशुपति यादव र आतिश सिंहलाई गिरफ्तार गरेकोे र साँझ सबैलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

सन्तोष कुमार यादव

अन्य

भिडियो