INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ असोज २४ गते बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–३ का २३ वर्षीय विवेक कुमार चौधरीविरुद्ध पीडित पक्षले कातिक १९ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको छ ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर शिव कटेलले बताउनु भयो ।

आरोपितले घटना गाउँमै मिलाउनको लागी दबाब दिइरहेको र कातिक १३ गते मिलापत्र नगरे भने ज्यान मारी दिन्छु भनी धम्की समेत दिँदै आएको पीडित बालिका बाबु विक्रम चौधरीले जानकारी दिनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण कातिक १९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको अस्पतालका मेसु मनोज कुमार यादवले बताउनु भयो ।

बुधन साह

अन्य

भिडियो