जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका ६ जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट ०८२ असोज २० गतेपछि गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकाहरुमा दाङ कारागारका एक जना सहित पाँच जना कपिलवस्तु कारागारका रहेको जिल्ला कारागार कपिलवस्तुका निमित्त प्रमुख रेशमलाल भुसालले बताउनुभयो ।
जसमा ५२ वर्षीय जमुना थारु, ३६ वर्षीय प्रदिप कुर्मी, २७ वर्षीय सुकई लोध, ३४ वर्षीय राम प्रसाद कोरी, २० वर्षीय मनोज थापा र उमेर नखुलेका घोराही कारागारका बसन्त दमाई परियार रहेका छन् ।
रीमा बि.सी.