१६ वर्षीया बालिकालाई ०८२ कात्तिक ६ गते बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय मामालाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।
१६ वर्षीया भाञ्जीलाई कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कमल गाउँपालिका–५ का ३२ वर्षीय मामाविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय, दमकमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा कात्तिक ७ गते गरिएको छ ।
कोशी प्रदेश कार्यालय