सहिद नगरपालिका–४ ननुपटिका घर भई रेडियो सप्त सहिदका पत्रकार २५ वर्षीय अशोक मण्डलमाथि समाचार प्रकाशन गरेको आरोपमा सोही ठाउँका ४५ वर्षीय जुगेश्वर मुखिया र ४२ वर्षीय दुखी शाहले कुटपिट गरेको भन्दै पीडितले ०८२ कात्तिक २ गते इलाका प्रहरी कार्यालय यदुकामा उजुरी दिएका छन् ।
पत्रकार मण्डलका अनुसार गाउँको बीचमा रहेको भैरव पोखरीको डिलस्थित चौतारामा रहेको पिपलको रुखको हाँगा आरोपितहरूले काटेकोे विषयमा असोज ३० गते रेडियो सप्त सहिदबाट सार्वजनिक सम्पत्तिको संरक्षणका लागि समाचार प्रकाशन गरेको भन्दै आरोपितहरूले समूह बनाएर घरमै आएर मार्ने धम्कि दिँदै कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय यदुकाका इन्स्पेक्टर ओमप्रकाश यादवका अनुसार उजुरीका आधारमा घटना सम्बन्धी अनुसन्धान भइरहेको बताउनु भयो।
सन्तोष कुमार यादव