नेपाल टेलिभिजनका संवादाता भीमदत्तनगरपालिका–४ का पदम बोहरालाई नगरविकास समिति अवैध लिज प्रकरणको समाचार सङ्कलन गर्न गएको समयमा पुस १३ गते प्रहरीले कुटपिट तथा दुव्र्यवहार गरेको पीडितको आरोप छ ।
पत्रकार पदम बोहरालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको प्रहरीले फोटो किन खिचिरहेको भन्दै कुटपिटका साथै गालीगलौज गरेको पीडित बोहराले बताए ।
बोहराले आफू समाचार सङ्कलन गर्न गएका बेला प्रहरीको बारेमा को हो फोटो खिच्ने र कुराकानी गर्ने भन्दै वडा प्रहरी कार्यालयबाट आएको प्रहरीको टोलीले कुटपिट गर्दै वडा प्रहरी कार्यालयमा थुनेको बताए ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर सुर्य थापाले प्रहरीसँग विवाद गरेकाले गिरफ्तार गरेको बताए ।
पत्रकार महासङ्घ जिल्ला शाखा कञ्चनपुर र नेपाल प्रेस युनियनले पत्रकार बोहरामाथि भएको कुटपिट, दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ ।