१९ वर्षीया युवतीलाई ०८२ भदौ १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले पाटन नगरपालिका–६ भडालीका १९ वर्षीया रोहित लुहारलाई असोज २६ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले असोज २५ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पण्डेले बताए ।
पीडितको स्वास्थ्य परीक्षण असोज २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको छ ।
नरी बडु