सामाजिक सञ्जालको प्रयोग गरी २४ वर्षीया महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका- १ का ३० वर्षीय ईश्वर वाग्लेलाई ०८२ असोज २३ गते गिरफ्तार गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा महिलाको अश्लिल फोटो राखि चरित्रहत्या गर्नुका साथै ब्ल्याकमेलिगं गरेको आरोपमा पीडितले आरोपितविरुद्ध असोज २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।
आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा असोज १० गते विधुतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको छ ।
सरस्वती बानिया