१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–६ का २१ वर्षीय बुधनारायण चौधरी, सोही ठाउँका २१ वर्षीय विजय साह र १५ वर्षीय एक बालकलाई ०८२ असोज १७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८२ असोज १६ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितहरुलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १८ गते जिल्ला अस्पतालमा गरिएको छ ।
कोशी प्रदेश कार्यालय