INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्जु गाउँपालिका–६ का २१ वर्षीय बुधनारायण चौधरी, सोही ठाउँका २१ वर्षीय विजय साह र  १५ वर्षीय एक बालकलाई ०८२ असोज १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८२ असोज १६ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितहरुलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १८ गते जिल्ला अस्पतालमा गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो