INSEC Online

📅 २०८३ जेष्ठ २१

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक गिरफ्तार

ड्युटीमा खटिएका प्रहरीलाई ‘जेनजी हुँ’ भन्दै अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले जाजरकोट जिल्ला जुनिचाँदे गाउँपालिका–३ का २४ वर्षीय लोकेन्द्र नाथ योगीलाई ०८२ असोज १९ गते गिरफ्तार गरेको छ ।

असोज १९ गते दिउँसो मादक पदार्थ सेवन गरी अस्थायी प्रहरी पोस्ट सुयाडा अगाडिको सडकमा पल्टिरहेका आरोपितलाई ड्युटीमा खटिएका प्रहरी जवानले सडकबाट हटाउन र सोधपुछ गर्दा आरोपितले  आफू जेनजी भएको भन्दै गालीगलौजसँगै हातपात गर्न खोज्दा प्रहरीले गिरफ्तार गरी अभद्र व्यवहार गरेको मुद्दामा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्स्पेक्टर हरि राम डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपितलाई थप अनुसन्धानका लागि असोज २१ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट ६ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

 कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो