INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

चन्द्रागिरी नगरपालिका–६ चेकपोस्ट महादेवस्थानकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३२ वर्षीय सरोज थापालाई ०८२ असोज ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पवित्रालाई असोज ८ गते हत्या गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरी वृत्त थानकोटमा उजुरी गरेका थिए ।

शवको पोष्टर्माटम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा असोज ९ गते गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटका प्रहरी सहायक निरीक्षक तिर्थ राज रेग्मीले बताउनु भयो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जग्गासम्बन्धी विवादका कारण महिलाको हत्या भएको हो ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो