आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नौबस्ता कारागारबाट भागेका दुई कैदैबन्दीहरुलाई असोज १८ र १९ गते प्रहरीले गिरफ्तार गरी नौबस्ता कारगारलाई बुझाएको छ ।
नौबस्ता कारगारबाट भागेका बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका—९ बाँकीगाउँका २६ वर्षीय हरकेश खटिक र खजुरा गाउँपालिका– ६ सिमलघारी बस्ने २३ वर्षीय मनोज चँदरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दिपक पातलीले बताउनु भयो ।
हरकेश खटिक ज्यान मार्ने उद्योग र मनोज चँदरा लागु औषध ओसारपसार मुद्दामा कारागारमा रहेका थिए ।
ध्रुबराज शर्मा