INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैदको फैसला

बोल्न नसक्ने अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सुरूङ्गा नपा–३ का २३ वर्षीय मिथुन सदालाई जिल्ला अदालतले पुस ५ गते चार वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आरोपितलाई चार वर्ष कैद सजायको अन्तिम फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले ०७४ कात्तिक ४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७४ कात्तिक ५ गते उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय कडरबोनाले आरोपित सदालाई कात्तिक ४ गते नै गिरफ्तार गरी कात्तिक ५ गते जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेश अनुसार आरोपित ०७४ मङ्सिर १ गतेदेखि नै पुर्पक्षका लागि थुनामा छन् ।

अन्य

भिडियो