जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जनाएको छ । आज भदौ २९ गते सिंहदरबारमा आयोजित प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी गराउनु भएको हो । उहाँका अनुसार आन्दोलनकारीतर्फ ५९ जना, प्रहरीतर्फ तीन जनाको र कारागारबाट भाग्ने खोज्ने १० जना कैदीबन्दी मारिएका छन् । हाल १ सय ३४ प्रदर्शनकारी र ५७ जना प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सरकारले जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गर्दै पीडित परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव अर्यालले जानकारी दिनु भएको छ ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।