नवजात शिशुको मङ्सिर २४ गते हत्या गरेको आरोपमा प्रहरीले खाँदवारी–६ की ३७ वर्षीया आमा फुलमाया राईलाई प्रहरीले गिरफ्तार गरेको छ ।
शिशु जन्मिएपछि हत्या गरेर सडकमा फालेको आशङ्कामा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी श्यामकुमार सारूमगरले बताए ।
आरोपितका पतिको मृत्यु १७ महिना अघि भएकाले अवैध सम्बन्धबाट शिशु जन्मिएपछि हत्या गरेर फालेको हुनसक्ने डिएसपी मगरको भनाई छ । नवजात शिशुको पोष्टमार्टम घटना भएकै दिन जिल्ला अस्पताल खाँदवारीमा गरिएको छ ।