INSEC Online

📅 २०८३ जेष्ठ २१

गत प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई गोली हानी हत्या

कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को हत्या भएको हो ।

उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए । उनलाई घर नजिकैको सडकमा अज्ञात पक्षले गोली हानेर घाइते बनाएको थियो ।

उनलाई तत्काल लबनी स्वाथ्य चौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले जानकारी दिए ।

शंकास्पद दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको रावलले जानकारी दिए । घटनास्थलमा गोलीका ३-४ ओटा खोका भेटिएको थियो । समाचार साभारः अनलाइन खबर

अन्य

भिडियो