इन्सेक हुम्ला जिल्ला प्रतिनिधिको संयोजकत्वमा गाउँगाउँमा बालबालिका ओसारपसार तथा बेचबिखनविरूद्ध रोकथाम अभियान अन्तर्गत जनचेतनासम्बन्धी सडक नाटक सुरू गरिएको छ । एनजीएन नेपाल, किर्डाक नेपालको आर्थिक सहयोग र इन्सेकको सहकार्यमा सो सडक नाटक सुरू गरिएको हो ।
सिमकोट गाउँपालिका–८ को स्याँडा, खोल्सी, सोही गाउँपालिका–२ को ठेहे र खार्पुनाथ गाउँपालिका–४ को छिप्रामा मङ्सिर १ गतेदेखि कार्यक्रम सञ्चालन गरिएको छ ।
सो कार्यक्रमले समाजमा सडक नाटकको माध्यमबाट जन चेतना अभिबृद्धि गर्ने कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि जिल्लामा विभिन्न विधामा चासो राख्ने सहभागि कलाकारलाई समेटेर इन्सेक जिल्ला प्रतिनिधिको जिम्मामा सात ओटै गाउँपालिकाका १५ ओटा गाउँमा जनचेतना मुलक सडक नाटक सञ्चालन गर्ने छ ।
त्यसैगरी बालबालिका ओसारपसारसम्बन्धी स्थानीयबासीलाई जनचेतना जोगाउन, ओसारपसार हुन नदिनका लागि अग्रिम जानकारी गराई सचेतना अभिबृद्धि गर्न, गाउँका स्थानीयको मानसिक सोचलाई सकारात्मक बनाउन प्रयत्न गर्नेलगायतका उद्धेश्यका साथ सो टोली लागि परेको छ ।
गाउँगाउँमा सडक नाटक सञ्चालन गर्ने क्रममा अबदेखि बालबालिका बाहिर नपठाउने स्थानीयबासीद्वारा प्रतिबद्धता जनाएका छन् ।
सिमकोट गाउँपालिका–२ ठेहेका वडा अध्यक्ष युगान्त भण्डारीका अनुसार यो सडक नाटक धेरे राम्रो छ यसले गाउँका सम्पूर्ण स्थानीयको सोचलाई परिवर्तन गर्ने बताए ।
उनले भने–‘यो सडक नाटकलाई निरन्तरता दिएको भए अझै राम्रो हुने थियो ।’ त्यस्तै यो सडक नाटक हुम्ला जिल्लाका सात ओटै गाउँपालिकाका ४४ ओटै वडामा समेट्दा झनै राम्रो हुने स्थानीयको प्रतिक्रिया छ । उक्त सडक नाटक टोलीमा १० सदस्य रहेका छन् र कार्यक्रम नियमित सञ्चालन हुने भएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७