१४ वर्षीया बालिकालाई कात्तिक २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिकाका ६ जनालाई सोही दिन गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा दिएको उजुरी मङ्सिर १ गते नै दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ ।
पीडित बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक, चापाकोट नगरपालिका–५ को २३ वर्षीय रेवन परियार, २४ वर्षीय सोवित शाही, २२ वर्षीय ओमकार रनपाल, १९ वर्षीय मौसम शाही र १३ वर्षीय बालकलाई गिरफ्तार गरेको वडा प्रहरी कार्यालय वालिङका सई युवराज चन्दले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा कात्तिक गरिएको प्रहरीले जनाएको छ ।