वाणगङ्गा नगरपालिका–१ बुंचीकी ३९ वर्षीया गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति अगमन चौधरलाई जेठ २६ गते गिरफ्तार गरेको छ । ।
आरोपितले २६ गते दिउँसो ४ः३० बजे गीताको हत्या गरेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।
रक्सीले मातेर आएका बेला पत्नीले गाली गरेकोले रिसको झोकमा टाउकोमा इँटा प्रहार गरी गम्भीर घाइते तुल्याएपछि चौधरीलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु साँझ ७ बजे भएको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।
आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाइने र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देबेन्द्र पाण्डेले जानाकारी दिए ।
बाणगङ्गामा तीन महिनाको अवधीमा तीन जना महिलाको पतिद्वारा हत्या भएको आरोपमा उजुरी तथा अनुसन्धान भइरहेको जनाइएको छ ।