INSEC Online

📅 २०८३ जेष्ठ २१

ट्राफिक प्रहरी कार्यालयमा आगजनी

महोत्तरी जिल्ला सदरमुकाम  जलेश्वर नगरपालिका- २ स्थित ट्राफिक प्रहरी कार्यालयमा ०८२ भदौ  २६ गते पहिचान नखुलेको समूहले आगजनी गरेको छ।

महोत्तरी जिल्ला अदालतको पूर्व तर्फ रहेको ट्राफिक प्रहरी कार्यालयमा दिउँसो करिब १:३० बजे पेट्रोल छर्की आगजनी गरिएको हो । जेनजीको आन्दोलनका कारण प्रहरी आफ्नो सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमै रहेको अवस्थामा  ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरिएको जिल्ला प्रहरी  कार्यालयका एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो।

Photo 2025-09-12 Mahottari-01

Photo 2025-09-12 Mahottari-02

आगजनीबाट कार्यालयमा रहेको एक थान कम्प्युटर, कुर्सी र टेबल जलेर नष्ट भएको छ । घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको एसपी शर्माले बताउनुभयो।

अन्य

भिडियो