INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्तमान परिस्थितिमा विधिको शासन कायम गर्न पोखराका नागरिकको अपिल

पोखरास्थित विभिन्न नागरिक तथा समाज/संस्थाले ०८२ भदौ २६ गते एक अपिल मार्फत वर्तमान परिस्थितिमा विधिको शासन कायम गर्न गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अपिलमा जेन-जी युवा पुस्ताहरूको आह्वानमा भदौ २३ र २४ गते भएको विरोध प्रदर्शन र देशमा विकशित पछिल्लो राजनीतिक परिघटनाप्रति नागरिक समाज/संस्थाहरूको गम्भीर ध्यान आकर्षण जनाइएको छ ।

अपीलमा राज्यको अकर्मन्यताका कारण ज्यान गुमाउने सबै प्रति हार्दिक श्र‌द्धान्जली अर्पण गर्दै उहाँहरूका परिवारजनमा यस दुखद घडीमा समवेदना ब्यक्त गर्नुका साथै परिवारलाई उचित राहत र क्षतिपूर्तीका लागि राज्यसँग माग गर्दै  घाइतहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेजनहरूको निशुल्क र प्रभावकारी उपचारको लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराइएको छ ।

आन्दोलनमा भएको अत्याधिक बल प्रयोग, सार्वजनिक सम्पति, ऐतिहासिक सम्पदा, व्यक्तिगत तथा निजि सम्पत्ति, व्यापारिक महल, होटल तथा रिसोर्ट, राजनीति दलहरुका कार्यालय, बिभिन्न सरकारी कार्यालय, स्थानीय तहका कार्यालयर प्रहरी चौकीमा गरिएका आगजनी, तोडफोड, लुटपाट, हिंसा र जेलबाट कैदी भगाउने घटना प्रति निन्दा समेत अपिलमा गरिएको छ ।

गैसस महासङ्घ गण्डकी प्रदेश पत्रकार महासङ्घ गण्डकी प्रदेश इन्सेक गण्डकी प्रदेश सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश उच्च बार एशोएसिएसन पोखरा शान्तिका लागि नागरिक समाज गोनेसा नेपाल लगायत ३४ ओटा सङ्घ संस्थाद्वारा जारी अपिलमा विषम परिस्थितिमा देशमा अन्तर्राष्ट्रिय हस्तक्षेप, राजनीति सङ्कट, आन्तरिक द्वन्द्व भई शान्ति सुव्यवस्थामा खतरा हुने सम्भावनालाई मध्यनजर गर्दै वार्ता, सम्वाद र छलफलमा नागरिक समाजलाई समेत खुला राख्न सम्बन्धित सबै पक्षसँग अपिल गर्दछौँ भनिएको छ ।

Apil-Pokhara1-20820526 Apil-Pokhara2-20820526

 

अन्य

भिडियो