INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको सामाजिक सञ्जाल एक्स मार्फत बताएका छन् । उनले प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन् सम्बन्धित अधिकारीहरूलाई मानव अधिकार कानुनको पालना गर्न आह्वान गर्दछु,” । “जीवन र सम्पत्तिको सम्मान गर्दै शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्छ ।” हिंसा थप बढ्नबाट रोक्नका निम्ति गहन अनुसन्धान, संयम र रचनात्मक बाटो निर्माणका लागि संवाद गर्नसमेत उनले आग्रह गरेका छन् ।

Photo 2025-09-10 Kathmandu Guterres

अन्य

भिडियो