INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोडपोखरामा ०८२ भदौ २४ गते भएको विरोध प्रदर्शनमा संलग्न प्रदर्शनकारीहरूद्वारा सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड भएपछि जनजीवन अस्तव्यस्त भएको छ । इन्सेकले दिनभरि गरेको अनुगमनमा नेपाल राष्ट्र बैँक तथा वाणिज्य बैकहरू तथा सुरक्षा निकायका नेपाल प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान कार्यालय र नेपाली सेनाको ब्यारेकमा मात्र आगजनी र तोडफोड नभएको पाइएको छ ।

प्रदर्शनकारीहरूले विहान ११ बजे पछि जिल्लास्थित सरकारी कार्यालय, राजनीतिक दलका कार्यालयहरू र राजनीतिक दलका नेताहरूको घरमा आगजनी तथा तोडफोड गरेका हुन् । जिल्ला सुरक्षा संयन्त्रको बिहान बसेको बैठकले बिहान १० बजेदेखि बेलुका १० बजेसम्म पोखरा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको भए पनि सुरक्षा व्यवस्था कायम गर्न प्रहरी प्रशसनले सरकारी कार्यालय तथा प्रदर्शन क्षेत्र कतै पनि उपस्थिति जनाएको इन्सेक गण्डकी प्रदेशले गरेको अनुगमनमा पाइएको थिएन ।

सुरक्षाकर्मी बिहीन देखिएको पोखराको सभागृह क्षेत्रबाट सुरू भएको प्रदर्शन उग्र बन्दै गएपछि  बिभन्न सरकारी कार्यालय तथा भौतिक संरचना तोडफोड तथा आगजनी गरेको इन्सेक गण्डकी प्रदेश कार्यालयको अनुगमनका क्रममा पाइएको हो ।

1757432288387 - Copy

जेएनजीले भदौ २३ गते गरेको प्रदर्शनमा काठमाडौँमा भएको मानवीय क्षति र पोखरामा भएको प्रहरी हस्तक्षेमको समीक्षा गर्न भदौ २४ गते मानव अधिकार सञ्जालको बैठक बसेर तत्कालै जिल्ला प्रशासन कार्यालय गएर प्रमुख जिल्ला अधिकारीलाई शान्ति सुरक्षा कायम गर्न र मानवीय क्षति रोक्नलाई ध्यानाकर्षण समेत गराएको थियो ।

तर, पोखरा स्थित राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारका लागि नागरिक सञ्जाल तथा इन्सेक लगायतले गरेको अनुगमनका क्रममा पोखरास्थित मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको निवास, अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय, प्रदेशका सबै मन्त्रालयका भवन तथा कागाजात, मन्त्री निवासहरू, प्रदेश प्रमुखको कार्यालय तथा निवास, उपसभामुखको निवास, पोखरा महानगरपालिकाको कार्यालय तथा परिसरमा रहेका सवारी साधनहरू, महानगरपालिकाका पाँच ओटा भन्दा बढी वडा कार्यालयहरू, उच्च अदालत, जिल्ला अदालत, जिल्ला कारागार शाखा, लोक सेवा कार्यालय, गण्डकी प्रदेश यातायात कार्यालय तारागाउँ रेजेन्सी होटल, सामाजिक विकास तथा युवा खेलकुद मन्त्री विन्दुुमार थापाको व्यापारिक भवन, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घर, नेकपा एमालेको प्रदेश तथा जिल्ला कमिटि कार्यालय लगायत २० ओटा भन्दा बढी सरकारी तथा नीजि भवन सरकारी सवारी साधन लगायत तोडफोड र आगाजनी गरेका छन् ।

यसैगरी पोखरा महानगरपालिका १७ स्थित वडा न ५ पर्स्याङस्थित ट्राफिक प्रहरी पोष्ट र छोरेपाटनस्थित प्रहरी चौकी बुलौदी पोखरा इभेन्ट सेन्टर बुलौदी लेकसाइटस्थित होटल एडम, पोखरा महानगरपालिका ९ मा रहेको भाटभटेनी सुपरमार्केटमा समेत आगजनी र लुटपाट भएको छ ।

1757432288377

जिल्ला प्रशासन कार्यालयमा अपराह्न भएको आगजनीपछि साँझ ८ बजेसम्म पनि कार्यलयका भौतिक सामग्रीमा जलिरहेका थिए भने मोटरसाइकलमा आएका व्यक्तिले समेत भौतिक सामग्री लगेका थिए ।

जिल्ला कारागार शाखामा साँझ ७ बजेपछि भएको आगजनी तथा तोडफोड पछि त्यहाँ रहेका ९ सय भन्दा बढी कैदीबन्दी कारागारबाट बाहिर निस्किएर गएको जिल्ला कारागार शाखाले जनाएको छ ।

कार्यालयका अभिलेख तथा दस्तावेजका कागजात, कम्युटर, फर्निचर, सफ्टवेयरलगायत सबै सम्पत्ति जलेर नष्ट भएका छन् । आन्तरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालयसहित पोखराका अधिकांश सरकारी कार्यालय तोडफोड गर्दै भएको आगजनीले ध्वस्त भएको छ भने फाइलहरू, फर्निचर र त्यहाँका सामान जलेका छन् । जेनजी आन्दोलनले पोखरामा तिनै तहका सरकार मातहतका कार्यालय, न्यायपालिका र व्यवस्थापिकासमेत ध्वस्त पारेको हो ।। हेभि इक्युपमेन्ट कार्यालयका डोजर, लोडर, टिपर जलाइएको छ भने केही मेसिनरी सामान युवाहरू आफैंले चलाउँदै सडकमा प्रदर्शन गरेका हुन् ।

यसैबिच साँझ जिल्ला प्रहरी कार्यलय कास्की पनि प्रदर्शनकारीले नियन्त्रणमा लिएर आगजनी गरेका छन् । प्रहरीहरू कार्यलय छोडेर सुरक्षित स्थान लागेका थिए।1757432288364 1757432288422 - Copy 1757432288411

1757432288351

इन्सेकले गरेको अनुगमनका क्रममा प्रदेश राजधानी पोखरामा भदौ २४ गते भएको क्षतिको विवरण निम्नानुसार रहेको छ । 

१. मेयर धनराज आचार्यको निवास सहित पोखरा इभेन्ट बुलौदीमा तोडफोड र आगजनी ।
२. पोखरा महानगरपालिका न्यूरोड स्थित भाटभटेनी सुपरमार्केट कर्मचारी भित्र  तोडफोड तथा आगजनी र लुटपाट ।
३. पृथ्वीचोकको सहित लखन थापाको शालिक तोडफोड ।
४. प्रदेश जलस्रोत मन्त्रालय, तोडफोड र आगजनी ।
५. जिल्ला प्रशासन कार्यालय, कास्कीमा तोडफोड र आगजनी ।
६. जिल्ला अदालत कास्की तोडफोड र आगजनी ।
७. लोक सेवा आयोगको कार्यालय तोडफोड र आगजनी ।
८. न्युरोडमा मन्त्री विन्दुकुमार थापाको घर सहित तीन ओटा घरमा आगजनी र पोखरा ट्रेड महल वगैचा रिजोट समेत जले
९. पोखरा महानगरपालिकाको  प्रशासनीक कार्यालयमा तोडफोड र आगजनी ।
१०. प्रदेश सभा भवनमा तोडफोड र आगजनी ।
११. यातायात कार्यालय व्यवस्था कार्यालय पृथ्विचोकमा तोडफोड र आगजनी ।
१२. विजयपुरमा यज्ञबहादुर थापाको  घरमा तोडफोड र आगजनी ।
१३. गण्डकी विश्व विद्यालय मुस्ताङचोकमा तोडफोड र आगजनी ।
१४. शिक्षा विकास निर्देशनालय वगरमा तोडफोड र आगजनी ।
१५. एनसेलको कार्यालय सिर्जनाचोकमा तोडफोड र आगजनी ।
१६. प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यालय र सरकारी निवासमा तोडफोड र आगजनी ।
१७. इलाका (वडा) प्रहरी कार्यालय वगर र छोरेपाटन चौकी, प्रर्स्याङ ट्राफिक पोष्टमा आगजनी ।
१८. नेपाल रेडक्रस सोसाइटी उपशाखा १० लगायत वडा कार्यालय १० मा आगजनी ।
१९. एमाले  जिल्ला पार्टी कार्यालय र प्रदेश कार्यालय, पाेखरा, तोडफोड तथा आगजनी ।
२०. नेपाली काङ्ग्रेस तथा नेकपा माओवादी  दलका पार्टी कार्यालयहरू आगजनी ।
२१. शिक्षा विकास तथा समन्वय समिति कास्कीमा आगजनी।
२२. परीक्षा नियन्त्रण कार्यालयमा आगजनी ।
२३.  पोखरा महानगर वडा कार्यालयहरू ३, ५, ८, १२, १३, १४, १७ र २५ लगायतका धेरै   जसो वडामा आगजनी ।
२४. विभिन्न प्रहरी चौकीमा आगजनी तथा तोडफोड ।
२५. विभिन्न सरकारी, सडक, सङ्घीय खानेपानी, उच्च अदालत, उच्च र जिल्ला सरकारी वकिल कार्यालय लगायत गैरसरकारी कार्यालयमा तोडफोड तथा आगजनी ।
२६ . अख्तीयार दुरुपयोग कार्यालय पोखरा मासवारमा आगजनी ।
२७. नापी कार्यालय कास्की आगजनि ।
२८. राजीब पहारीको घरमा आगजानी ।
२९. लेकसाइड का होटल एडम लगायत  तीन ओटा ठूला रिसोट आगजनी ।

३०. जिल्ला प्रहरी कार्यालय, कास्कीमा तोडफोड तथा आगजनी र लुटपाट

अन्य

भिडियो