INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्षद्वारा शिक्षकमाथि कुटपिट

महागढिमाई नगरपालिका–१० गन्जन्भवानिपुर स्थित भोला माध्यमिक विद्यालयका शिक्षक ३० वर्षीय नागेश्वर यादवलाई ०८२ साउन २८ गते अपहरण गरी बन्धक बनाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष ४५ वर्षीय बृजकिशोर कुशवाहलाई भदौ १ गते गिरफ्तार गरेको छ ।

आरोपितले शिक्षकलाई वडा कार्यालयमा बोलाएर ट्युसन पढाउने क्रममा छात्राहरुलाई दुर्व्यवहार गर्ने गरेको भन्दै वडाध्यक्षले अर्धनग्न बनाई हात बाँधेर मादक पदार्थ सेवन गरी कुटपिट गरेका थिए । शिक्षकले आफूलाई वडा कार्यालयमा बोलाएर अर्धनग्न बनाई हात बाँधेर निर्घात कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा भदौ १ गते उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट ११ दिनको म्याद थप गराई अपहरण तथा ज्यान मार्ने मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी सन्तोष तामाङले बताउनु भयो।

अन्य

भिडियो