१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जुम्ला जिल्ला चन्दनाथ नगरपािलका–३ का घर भई हाल तिलागुगुफा नगरपालिका–१ नाग्म बस्ने २४ वर्षीय प्रविण महतलाई ०८२ साउन ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण साउन २५ गते जिल्ला अस्पतालमा गरिएको छ ।