नेपालगञ्ज उपमहानगरपालिका –४ स्थिति बसपार्कमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा ०८२ साउन ३० गते भारतको बहराइच जिल्ला रुपैडीहाका २० वर्षीय कात्तिक कुम्हाल प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका छन् ।
लागुऔषध कारोबारमा संलग्न नेपागञ्ज उपमहानगरपालिका– ५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजान अन्सारी र भारतको बहराइज रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्र्तिक कुमारलाई नेपालगञ्ज उपमहानगरपालिका –४ स्थिति वसपार्कबाट गिरफ्तार गरिएको प्रहरी उपरीक्षक रामबहादुर घर्तीले बताउनु भयो ।
लागुऔषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले गिरफ्तार गरेपछि थप दुईजनाले प्रहरीमाथि ढुङ्गा प्रहार गरी भाग्नखोज्दा प्रहरीले चलाएको गोली कुम्हालको दायाँ खुट्टाको पिँडुलामा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले बताउनु भयो ।
लागुऔषध कारोबारीले प्रहार गरेको इँटा दायाँ पाखुरामा लागेर लागुऔषध व्युरो नेपालगञ्जका सहायक प्रहरी निरीक्षक नविन शाही घाइते भएका छन् । घाइतेहरुको उपचार संजिवनी कलेज अफ मेडिकल साइन्सेजमा भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सुचना अधिकारी दिपक पातलीले बताउनु भयो ।