INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई महिनादेखि सडक अवरुद्ध हुँदा नागरिकलाई सास्ती

 बर्षातले अवरुद्ध गराएको गमगढी—पिना सडक खण्ड दुई महिनासम्म पनि खुल्न सकेको छैन । उक्त सडक नखुल्दा छायाँनाथ रारा नगरपालिका-४, ६ र ७ का नागरिकलाई सास्ती भएको छ । सडक खण्ड  गमगढी—जुम्ला आवतजावत गर्ने मुख्य सडक हो । दुई महिनादेखि अवरुद्ध सडक नखुलाउँदा  स्थानीय नागरिक, सवारी चालक र विद्यार्थीहरुलाई समस्या भएको छायाँनाथ रारा नगरपालिका—६ का बिर्ख रोकायाले बताउनु भयो । सडकका विभिन्न भागमा माटो, ढुंगा थुप्रिएको र सडक भासिएकाले खाद्यान्न र औषधी ढुवानीमा समेत समस्या भएको उहाँले गुनासो गर्नुभयो । नगरपालिकालाई सडक खुलाउन बेला—बेला अनुरोध गर्दा समेत सुनुवाई नगरेको छायाँनाथ रारा नगरपालिका—४ का वडा अध्यक्ष लक्ष्मीप्रसाद भामले बताउनु भयो । रारा बिमान स्थलबाट भएर आउने बुकाखोला र लेते खोलाको पानीले हरेक बर्ष यो सडक खण्ड अवरुद्ध हुँदै आएको छ । वर्षा निरन्तर भइरहेका कारण अहिलेसम्म सडक खुलाउन नसकिएको र वर्षा रोकिएपछि सडकको काम सुरु गरिने कार्यबहाक नगर प्रमुख ऐश्वर्या  मल्ल शाहीले  बताउनु भयो ।

अन्य

भिडियो