बर्षातले अवरुद्ध गराएको गमगढी—पिना सडक खण्ड दुई महिनासम्म पनि खुल्न सकेको छैन । उक्त सडक नखुल्दा छायाँनाथ रारा नगरपालिका-४, ६ र ७ का नागरिकलाई सास्ती भएको छ । सडक खण्ड गमगढी—जुम्ला आवतजावत गर्ने मुख्य सडक हो । दुई महिनादेखि अवरुद्ध सडक नखुलाउँदा स्थानीय नागरिक, सवारी चालक र विद्यार्थीहरुलाई समस्या भएको छायाँनाथ रारा नगरपालिका—६ का बिर्ख रोकायाले बताउनु भयो । सडकका विभिन्न भागमा माटो, ढुंगा थुप्रिएको र सडक भासिएकाले खाद्यान्न र औषधी ढुवानीमा समेत समस्या भएको उहाँले गुनासो गर्नुभयो । नगरपालिकालाई सडक खुलाउन बेला—बेला अनुरोध गर्दा समेत सुनुवाई नगरेको छायाँनाथ रारा नगरपालिका—४ का वडा अध्यक्ष लक्ष्मीप्रसाद भामले बताउनु भयो । रारा बिमान स्थलबाट भएर आउने बुकाखोला र लेते खोलाको पानीले हरेक बर्ष यो सडक खण्ड अवरुद्ध हुँदै आएको छ । वर्षा निरन्तर भइरहेका कारण अहिलेसम्म सडक खुलाउन नसकिएको र वर्षा रोकिएपछि सडकको काम सुरु गरिने कार्यबहाक नगर प्रमुख ऐश्वर्या मल्ल शाहीले बताउनु भयो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको