INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोका कारण ६ परिवार विस्थापित

अविरल वर्षापछि पहिरोको जोखिम बढेसँगै भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका ६ परिवार विस्थापित भएका छन् ।

वर्षाले घरमाथि र मुनिबाट पहिरो खस्न थालेपछि पीडितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । घर चर्किएर बस्न नमिल्ने भएपछि विस्थापित परिवारलाई अस्थायी रूपमा आफन्तको घर र स्थानीय क्लबको भवनमा राखिएको छ ।

प्रहरीका अनुसार विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईको परिवार विस्थापित भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर उमेश यादवले वर्षासँगै पहिरोको जोखिम बढेपछि ६ परिवार विस्थापित भएको र विस्थापितलाई सुरक्षित स्थानमा सारिएको बताउनु भएको छ ।

अन्य

भिडियो