चौदण्डीगढी नगरपालिका–९ अजगरामा विषाक्त जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन् ।
जङ्गलको च्याउ खाएर बिरामी हुनेहरुमा ८५ वर्षीया ज्येष्ठ नागरिक गवनी सदा, ६० वर्षीया ज्येष्ठ नागरिक गीता सदा, ३१ वर्षीय सञ्जु सदा, २९ वर्षीया मञ्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया बालिका सन्ध्या सदा, ११ वर्षीया बालिका सन्जा सदा र ५५ वर्षीय लल्कु सदा रहेको इलाका प्रहरी कार्यालय, बेल्टारले जनाएको छ ।
बिषालु जङ्गली च्याउ खाएर बिरामी पर्ने गवनी सदा, गीता सदा र सरिता सदाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान पठाइएको चौदण्डीगढी नगरपालिका ९ का वडा अध्यक्ष प्रकाश राउतले बताउनु भएको छ ।
अध्यक्ष राउतले बाँकी पाँच जनाको नगर अस्पताल बेल्टारमै उपचार भइरहेको बताउनु भयो । सदा परिवारले ०८२ साउन २७ गते घर नजिकै जङ्गलबाट च्याउ ल्याएर तरकारी बनाएर खाएकोमा अचानक सबैलाई बान्ता आउन थालेपछि चौदण्डीगढी आधारभूत नगर अस्पताल बेल्टार भर्ना गरिएको थियो ।