ललितपुरको गोदावरी नगरपालिका– १४ ठैब बस्दै आएका काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ थानकोट घर भएकी ४६ वर्षीया कमलामाया खड्गी (सुस्मिता)को खड्गीको हत्या गरेको आरोपमा पति ४६ वर्षीय निरोजकुमार खड्गीलाई प्रहरीले ०८२ साउन १८ गते गिरफ्तार गरेको छ ।
ठैबको उनीहरू बस्दै आएको टहरोमा सुस्मिताको शव साउन १८ गते बिहान फेला परेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पत्नीको घाँटी थिचेर निवासमै हत्या गरेको भन्दै पीडितका आफन्तले आरोपित पतिविरुद्ध साउन १८ गते नै प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको जिल्ला प्रहरी परिसरका ललितपुरका एसपी चक्रराज जोशीले बताउनु भयो ।
पति पत्नी दुबै जनाले साउन १७ गते बेलुकी मदिरा पिएर सुतेको र घरायसी बिबाद हुँदा घटना भएको आरोपितले बताएको एसपी जोशीले जानकारी दिनु भयो ।
शवको पोष्टमार्टम पाटन अस्पतालमा ०८२ साउन १८ गते गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
आरोपितविरुद्ध ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।