INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा झडप हुँदा चार जना कैदीबन्दी घाइते

जिल्ला कारागार बर्दियामा ०८२ साउन १६ गते कैदीबन्दीहरू बीच झडप हुँदा चार जना घाइते भएका छन् । कारागारमा भएको झडपमा शकर बिक, शिवप्रसाद थारू, राजकुमार थारू र भीमबहादुर गुरूङ घाइते भएका हुन् ।

एक महिना अगाडी कैलालीबाट स्थानान्तरण भई आएका नयाँ कैदीबन्दी र कारागारभित्र बस्दै आएका पुराना कैदीबन्दी बीचमा साउन १६ झडप भएको थियो । १० जना कैदीहरु बीचमा झडप हुँदा चार जना घाइते भएका थिए । घाइतेहरुको टाउको, कान र हातखुट्टामा चोट लागेको बर्दिया अस्पताल गुलरियाले जनाएको छ ।

कारागारभित्र झडप के कति कारण भएको भन्ने बारेमा अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारीले बताउनु भयो । उहाँले झडपमा परी घाइते भएको उपचार पछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकरी दिनुभयो ।

कारागारको क्षमता १ सय ५० जनाको भएतापनि हाल कारागारमा ४ सय २५ जना बस्दै आएका छन् ।

अन्य

भिडियो