INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित जनप्रतिनिधि गिरफ्तार

साल्पासिलिछो गाउँपालिका–१ का ७५ वर्षीय ज्येष्ठ नागरिक अर्जुनजङ्ग कार्कीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही वडाका वडाध्यक्षलाई साउन १९ गते गिरफ्तार गरेको छ ।

आरोपित जनप्रतिनिधिले साउन १८ गते ज्येष्ठ नागरिक कार्कीलाई छाती, हात र गोडामा मुक्काले हिर्काएर घाइते बनाएको आरोपमा पीडितकी पत्नी इन्दिरा कार्कीले प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय दिङ्गलाका इन्स्पेक्टर भाष्कर खतिवडाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

कुटपिटबाट घाइते भएका कार्कीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) धरानमा साउन १९ गतेदेखि उपचार भईरहेको छ ।

अन्य

भिडियो